बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

बाढी प्रभावीत क्षेत्र उद्धार, राहतका लागि राष्ट्रपतिले पारिश्रमिक दिने

बिहीबार ११ भाद्र, २०८३ nepalexplores 1195


बाढी प्रभावीत क्षेत्र उद्धार, राहतका लागि राष्ट्रपतिले पारिश्रमिक दिने

११ भदौ, काठमाडौं ।

बाढी प्रभावीत क्षेत्र उद्धार र राहतका लागि राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले एक महिनाको पारिश्रमिक सरकारी कोषमा दिने उल्लेख गरेको छ ।

भोटेकोशी–त्रिशूलीमा आएको बाढीले पारेको ठूलो जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै राष्ट्रपित पौडेलले सो रकम दिने घोषणा गरेको जानकारी दिएको छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु