बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

नेपाल चेम्बरले बाढी प्रभावीत क्षेत्रमा सामान बोक्ने ड्रोन पठाउँदै

बिहीबार ११ भाद्र, २०८३ nepalexplores 1166


नेपाल चेम्बरले बाढी प्रभावीत क्षेत्रमा सामान बोक्ने ड्रोन पठाउँदै

११ भदौ, काठमाडौं ।

नेपाल चेम्बरले बाढी प्रभावीत क्षेत्रमा सामान बोक्ने ड्रोन पठाउने भएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी बाट रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा ५० किलो पेलोड क्षमताको ड्रोन पठाउने भएको हो । 

बाढीका कारण ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगे पछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनस्र्थापनाका लागि राहत अभियान अघि बढाएको छ ।

चेम्बरले बाढी बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउने प्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

बाढी प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा चेम्बर सधैं रहने प्रतिबद्धता जनाएको समेत जनाएको छ ।

बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको दुःख ब्यक्त गरेको छ ।

चेम्बरले रसुवा, नुवाकोट तथा धादिङमा सम्बन्धित जिल्ला चेम्बर मार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको छ भने आवश्यकता अनुसार थप राहत सहयोग जारी राख्ने जनाएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । भने १ सय किलो पेलोड क्षमताको ड्रोन पठाउने अन्तिम तयारी भइरहेको र थप सहयोग गरिने चेम्बरले जनाएको छ ।

चेम्बरले प्रभावित क्षेत्रमा १ सय २५ वटा पावर बैंक समेत उपलब्ध गराइसकेको र नेपाल युथ चेम्बरले बिहीबार जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु