सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा विमान दुर्घटना

शनिबार १९ माघ, २०८१ nepalexplores 1453


अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा विमान दुर्घटना

१९ माघ, काठमाडौं ।
अमेरिकाको पेन्सिलभेनियास्थित पिलाडेल्फियामा विमान दुर्घटना भएको छ। फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लियरजेट ५५ विमान घना आवादी भएको सहरमा खसेको हो।

विमान दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ। जहाजमा चार जना चालक दलका सदस्य एक जना बिरामी बालक र बालकको हेरचाहका लागि एक जना सवार थिए।

जहाज दुर्घटना भएको भिडिओ सामाजिक सञ्जाल र अमेरिकी मिडियाहरूमा सार्वजनिक भएको थियो। दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको बताइएको छ।

विमान मिसौरीको स्प्रिङफिल्ड–ब्रान्सन विमानस्थल जाँदै थिए। विस्फोटसँगै विमानका टुक्राहरू यत्रतत्र छरिएको दृश्य भिडिओमा देखिएको छ।

 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु