सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

चीन घेर्ने रणनीतिले अमेरिकाको केन्द्र नेपाल बन्यो : खनाल

शुक्रबार १५ भाद्र, २०८० nepalexplores 1439


चीन घेर्ने रणनीतिले अमेरिकाको केन्द्र नेपाल बन्यो : खनाल

१५ भदौ, काठमाडौँ । 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले चीन घेर्ने र ध्वस्त गर्ने केन्द्रका रूपमा नेपाल बनाएको बताएका छन् । शुक्रवार शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले त्यसका लागि अमेरिकाले नेपालका पार्टीहरूमा दलालहरू खडा गरेको दाबी गरे । 

खनालले एमसीसीमार्फत अमेरिकाले नेपाललाई इन्डोप्यासिक अङ्गको रूपमा विकास गर्न लागिरहेको समेत बताए ।  ‘अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने र ध्वस्त गर्ने हो ।

यो विश्व रणनीतिका निम्ति उसलाई काम लाग्ने सबैभन्दा आवश्यक ठाउँ नेपाल पर्‍यो’, खनालले भने, ‘नेपाल परेकाले उसले लामो समयदेखि भित्री ढङ्गले यहाँ दलाल खडा गर्ने काम गर्‍यो । चाहे त्यो कांग्रेस वा कम्युनिस्ट जुनसुकै पार्टीभित्र दलाल खडा गर्ने र आफ्ना इन्ट्रेस्टहरूलाई पुरा गर्ने गराउने कामहरू अमेरिकी साम्राज्यवाद लाग्दै आयो ।’

खनालले सोही योजनाअनुसार नेपालमा एमसीसी योजना ल्याएको भन्दै आफू प्रधानमन्त्री हुँदा पनि नेपाललाई के के सहयोग गन सकिन्छ भनेर अमेरिकीहरूले सोधखोज गरेको बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु