सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

पूर्वी नवलपरासीको वनमा मृग मृत फेला

शनिबार २१ मंसिर, २०८२ nepalexplores 1582


पूर्वी नवलपरासीको वनमा मृग मृत फेला

२० मंसिर, काठमाडौं। 

पूर्वी नवलपरासीको वनमा मृग मृत फेला परेको छ।

पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत फेला परेका हो।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १३ मा रहेको वनमा एकैपटक ठूलो संख्यामा मृग मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अगाडि बढाएको जनाएको छ।

मृत फेला परेको मृगहरुको पोस्टमार्टम गरी नमूना संकलन गरेर ती नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा पठाउने तयारी भएको पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगर बताएका छन्।

मृत्युको मानवीय कारण हो वा प्राकृतिक हो भनेर पत्ता लगाउन पोष्टमार्टम रिपोर्ट हेर्नुपर्ने र त्यसको लागि नमूना संकलन गरिसकेको निकुञ्ज स्रोतले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु