सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

संसदीय समितिबाट विधि विज्ञान प्रयोगशाला विधेयक पास

मंगलवार १० भाद्र, २०८२ nepalexplores 1562


संसदीय समितिबाट विधि विज्ञान प्रयोगशाला विधेयक पास

१० भदौ, काठमाडौं । 
संसदीय समिति बाट विधि विज्ञान प्रयोगशाला विधेयक पास भएको छ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको हो।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक संसदीय समिति बाट विधेयक सर्वसम्मत रुपमा पास भएको जनाएको छ।

२०८१ पुस २३ गते राष्ट्रिय सभामा दर्ता भएको विधेयक ४ चैत २०८१ मा दफवार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पुगेको थियो।विधेयक ऐनमा रुपान्तरित भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति गठन आदेश २०५२ खारेज हुने छ।

अहिले सरकारले ल्याएकाे विधेयक गठन आदेशबमोजिम सञ्चालित विधि विज्ञान प्रयोगशालालाई ऐनमार्फत सञ्चालन गर्ने गरी विधेयक ल्याएको हो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु