मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

संसद बैठक बस्दै, विभिन्न विधेयक प्रस्तुत गरिने

बुधबार २९ असार, २०७९ Nepalexplores 1548


संसद बैठक बस्दै, विभिन्न विधेयक प्रस्तुत गरिने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज  बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यसैगरी  ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 


गृहमन्त्री वालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने  कार्यसूची रहेको छ । 


त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको “नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेलगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु