मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

कञ्चनजङ्घा क्षेत्र शार्फु–४ हिमालमा पहिलो पटक मानव पाइला

सोमबार १७ चैत्र, २०८१ nepalexplores 1384


कञ्चनजङ्घा क्षेत्र शार्फु–४ हिमालमा पहिलो पटक मानव पाइला

१८ चैत, काठमाडौं । 
कञ्चनजङ्घ क्षेत्रमा पर्ने शार्फु–४ हिमालमा पहिलो पटक मानव पाइला टेकेका छन्।

चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिएको हुन्।

टोलीमा सोलुखुम्बूका पर्वतारोही लाक्पाछिरी शेर्पा, ताप्लेजुङका नाङ्डा शेर्पा र गोरखाकाी पूर्णिमा श्रेष्ठ रहेका थिए। एक्स्ट्रिम क्लाइम्बर्स मार्फत आएको टोलीले गरेको शार्फु–४ लाई मिनी अन्नपूर्णको सङ्ज्ञा पनि दिइएको छ।

नेतृत्वदायी भूमिकामा रहेका लियलले यस अघि नेपाल, तिब्बत र पाकिस्तानका आठ हजार र छ हजार मिटर अग्ला हिमालमा आरोहण गरिसकेका छन्।

हिमालयको चुनौतीपूर्ण भूगोललाई जित्दै, शार्फु–४ को पहिलो आरोहण हुनु विश्वभरका पर्वतारोहीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको लियलले बताएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु