सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

हिउँले खुम्बु क्षेत्र सेताम्मे

बिहीबार ८ चैत्र, २०८० nepalexplores 1529


हिउँले खुम्बु क्षेत्र सेताम्मे

८ चैत, सोलुखुम्बु ।
चैतमा परेको हिउँले खुम्बु सगरमाथा क्षेत्र सेताम्मे बनेको छ। बुधबार देखि सुरु भएको भारी हिमपात सगरमाथा क्षेत्रमा अहिले पनि परिरहेको स्थानीयले बताएका छन्।

चैतमा परेको हिउँ खेलेर खुम्बु क्षेत्रमा पर्यटक, बालबालिकाहरु रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ। ‘पूरै खुम्बु सेताम्मे बनेको छ । यहाँ हिउँले वनजङ्गल, घर, विद्यालय सबै ढाकिएको छ ।

हिमपातपछि किसान भने खुसी भएका छन् । यो बेला हिमाली भेगमा आलु रोप्ने समय भएकाले जमिन रसिलो हुने बताए। चैत यममा हिमपात हुदा स्थानीय, पर्यटन र व्यवसायीसमेत फस्टाउने उनको भनाइ छ ।


पुस, माघमा पर्ने हिँउ चैतमा पर्नु जलवायु परिवर्तनको असरका कारण हिमपात भएको स्थानीय बताउछन्। बुधबार दिउँसो देखि सुरु भएको हिमपात अहिले पनि परिरहेको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु