सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आज टुँडिखेलमा २६२ औं सेना दिवस मनाइयो

बुधबार १४ फाल्गुन, २०८१ nepalexplores 1452


आज टुँडिखेलमा २६२ औं सेना दिवस मनाइयो

१४ फागुन, काठमाडौं । 
आज टुँडिखेलमा २६२ औँ सेना दिवस मनाइएको छ। आज नेपाली सेनाले २६२ औं स्थापना दिवस देशभरि विविध कार्यक्रम आयोजना गरि मनाएको हो।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरि मनाएको छ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरु सहभागी भएका छन्।

राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुन्। दिवसको अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भएका छन्।
 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु