मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जली सभा गरि शहीद दिवस मनाईयो 

मंगलवार १६ माघ, २०८० Nepalexplores 1544


शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जली सभा गरि शहीद दिवस मनाईयो 

१६ माघ, काठमाडौं । 
ईतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा अनुसार कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा सम्मानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरि देश भर शहीद दिवस मनाईयो ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । 

आज शान्तिवाटिका बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गी सहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भयको थियो ।  कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले शहीदलाई सम्झिंदै श्रद्धाञ्जली अर्पण गरेका हुन् । सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु