शनिबार ८ कार्तिक, २०८३ (Saturday October 24, 2026)

कोशी टप्पु प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून

मंगलवार २३ भाद्र, २०८३ nepalexplores 1274


कोशी टप्पु प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून

२३ भदौ, काठमाडौं ।

 कोशी टप्पु वन्यजन्तु आरक्ष प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून बनेको छ ।

अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको भएता पनि विदेशी पर्यटकको आगमन न्यून रहेको छ ।

आर्थिक वर्ष २०७५,७६ देखि २०८२, ८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक मध्य २ हजार २९ मात्र विदेशी पर्यटक भ्रमणमा पुगेको कार्यलयले जनाएको छ ।

आर्थिक वर्ष २०८२, ८३ मा १२ हजार ८८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक ३०५ जना रहेको उल्लेख गरेको छ । 
अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा कोशी टप्पु वन्यजन्तु आरक्षा पुग्ने विदेशी पर्यटकको आगमन कम रहेको जनाएको छ । 

पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पनि यस क्षेत्रमा विदेशी पर्यटकको आगमन कम भएको हुनसक्ने कार्यलयका सूचना अधिकारी मिथलेस महतोले बताएका छन् ।

कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यस अनुसारका पूर्वाधार बन्न नसकेको महतोले बताएका छन् । 

प्रचारप्रसारको अभाव हुँदन देशका अन्य निकुञ्ज र आरक्षको तुलनामा निकै कम विदेशी पर्यटक कोशी टप्पुमा आउने गरेका छन् । 

आरक्ष क्षेत्रमा व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र तथा होमस्टे सञ्चालन गर्न सके पर्यटकको आगमन बढ् नसक्ने पर्यटन व्यवसायी रमन भट्टराईको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । भने विसं २०४४ देखि रामसार सूचीमा सूचीकृत आरक्ष जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु