मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

कोभिड पछि बन्द ताप्लाचुङको ओलाङचुङ्गोला व्यापार नाका सञ्चालन

सोमबार ११ जेष्ठ, २०८३ nepalexplores 1240


कोभिड पछि बन्द ताप्लाचुङको ओलाङचुङ्गोला व्यापार नाका सञ्चालन

११ जेठ, काठमाडौं। 

कोभिड पछि बन्द रहेको ताप्लेजुङको ओलाङचुङ्गोला नाका बाट व्यापार सुरु भएको छ।

कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुनः सञ्चालनमा आएको जनाएको छ। कोभिड–१९ को महामारी फैलिन थालेसँगै नाका पूर्ण रुपमा बन्द गरिएको थियो।

यस अघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएकोमा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिएका छन्।

भन्सार कार्यालय सञ्चालन गर्नका लागि नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको लामाले बताएका छन्।

‘नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो,’ ‘ओलाङचुङ्चुगोला बाट २४ किलोमिटर दूरी पार गरी नेपाल–चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ।’

ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिए पछि अब नियमित रूपमा व्यापार र राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु