मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइदैं

बुधबार ४ चैत्र, २०८२ nepalexplores 1283


आज घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइदैं

४ चैत, काठमाडौं।
आज घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइदैं छ।

चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा सहित मनाइँदै छ।

आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरि मनाईदै छ। 

टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने जनाएको छ।

जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनश्रुती छ।

साथै शहरका कुनै पनि बालबालिका माथि खतरा नहुने विश्वास सहित आजकै दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु