सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आगामी चैतमा गैँडा गणना गरिने

मंगलवार ५ फाल्गुन, २०८२ nepalexplores 1688


आगामी चैतमा गैँडा गणना गरिने

५ फागुन, काठमाडौं।
आगामी चैतमा गैँडा गणना गरिने भएको छ।

चार–चार वर्षको अन्तरमा गरिने गैँडा गणना गतवर्ष गर्ने रोकिए पछि यस गर्ने तयारी गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ।

प्रतिनिधिसभा निर्वाचन पछि आगामी चैतमा गणना गर्ने तयारी गरिएको जनाएको छ।

यसवर्ष बाघ गणनासमेत गर्ने वर्ष परेकाले फरक विधिबाट कम खर्च र कम समयमा गर्ने गरी फरकविधि अपनाएर गैँडा गणना गर्ने तयारी गरिएको कार्यालयले जनाइएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार यस अघिका वर्षमा ब्लक छुट्याएर एकै साथ ठूलो सङ्ख्यामा हात्ती र मानवीय जनशक्तिको प्रयोग गरेर गैँडा गणना गरिँदै आएको बताएका छन्। 

आचार्यकाे अनुसार गैँडाको आँखा, नाक, छालाको फोल्डिङ्, छालाको चोट, धब्बालाइ हेरेर गैँडा गणना गर्ने गरिने जनाएका छन्। 

बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा सहजै गणना गर्न सकिने भए पनि चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या धेरै भएकाले गणनामा कठिनाइ हुने गरेको जनाएको छ।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गैँडा गणना गर्न लागेको जनाएको छ। 

सन् २०२१ को गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु