सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशत वृद्धि

शुक्रबार १८ पुष, २०८२ nepalexplores 1814


मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशत वृद्धि

१८ पुस, काठमाडौं। 
मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशतले वृद्धि भएको छ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जनाएको छ।

सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८.७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ। उक्त अवधिमा १ लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिएका छन्।

एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा मुस्ताङमा सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्र बाट २ हजार १०५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जनाएको छ। 

यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रतर्फ ७ .४४ प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको छ।
हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु