मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै

मंगलवार १७ मंसिर, २०८२ nepalexplores 1404


अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै

१६ मंसिर, काठमाडौं।
आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै छ। 

आज दासता उन्मूलन दिवसको अवसरमा विश्वका विभिन्न देशमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै छ। 

मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिका लाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्ने लगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु उद्देश्यले दासता उन्मूलन दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्ने सम्बन्धी महासभा सङ्कल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष दासता उन्मुलन दिवस मनाईदै आएको छ।

राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा रहेको र यी मध्ये अधिकांश महिला तथा बालबालिका बलपूर्वक श्रम गर्न बाध्य परिरहेको जनाएका छन्।

जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा रहेको राष्ट्रसङ्घले जनाएको छ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदाय बीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको उल्लेख गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु