बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

वीरगञ्ज भन्सार नाकाबाट निर्यात बढ्दो

शुक्रबार २२ कार्तिक, २०८२ nepalexplores 1517


वीरगञ्ज भन्सार नाकाबाट निर्यात बढ्दो

२१ कात्तिक, काठमाडौं । 
वीरगञ्ज भन्सार नाका बाट निर्यात बढ्दो रहेको छ।

भन्सार कार्यालयको अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको जनाएको छ।

चालु आर्थिक वर्षको प्रथम नीन महिनामा रु.२६ अर्ब ५९ करोड मूल्य बराबरको सामान निर्यात भएको भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताएका छन्।

चालु आर्थिक वर्षको तीन महिनामा रु. १३ अर्ब ९८ करोड मूल्यका ६ करोड ७१ लाख ३ हजार ३ सय ८ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको जनाएको छ।

रु.१ अर्ब ७० करोड मूल्य पर्ने ३ करोड ६८ लाख ४८ हजार ३ सय ८ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको जनाएको छ।

त्यस्तै आर्थिक वर्षको ३ महिनामा रु. २ अर्ब ७ करोड मूल्य पर्ने २ करोड १२ लाख ४८ हजार ३ सय ८३ लिटर जुस निर्यात भएको छ।

रु.९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र रु.६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु