मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठको गरियो समापन

सोमबार ११ कार्तिक, २०८२ nepalexplores 1397


आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठको गरियो समापन

१० कात्तिक, काठमाडौं। 
आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको छ।

आज साँझ काठमाडौं, तराईसँगै पहाडी र हिमाली क्षेत्रमा पनि सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको हो।

छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा छठीमाइको पूजा अर्चना गरेका हुन्।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई  अर्घ दिने प्रचलन रहेको छ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु