मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

विश्वासको मत पाए बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले

मंगलवार २८ श्रावण, २०८२ nepalexplores 1703


विश्वासको मत पाए बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले

२७ साउन, काठमाडौं ।
आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्।

बानियाँले प्रदेशसभा बैठकमा दर्ता गराएको विश्वासको मतको पक्षमा ६३ मत प्राप्त गरेको जनाएको छ। प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको नेकपा एमाले र नेपाली कांग्रेसले विश्वासको मत दिएको हो। 

प्रदेशसभामा कुल एकसय १० सदस्य रहेकोमा बहुमतको लागि ५६ मत आवश्यक पर्नेमा ६३ मत  प्राप्त गरेका छन्। आफ्नो पक्षका तीन जना सांसदलाई मन्त्री बनाउनुपर्ने अडानमा रहेका निवर्तमान मुख्यमन्त्री बहादुरसिं पक्षले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएकाे जनाएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु