मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिन दियो निर्देशन  

सोमबार ३० असार, २०८२ nepalexplores 1487


बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिन दियो निर्देशन  

असार ३० काठमाडौँ ।
बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएको छ। प्राधिकरणले सबै कम्पनीहरुलाई साना ठूला रकमको बिमा शुल्क प्राथमिकता दिएर संकलन गर्न निर्देशन दिएको हो।

बिमा कम्पनीहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सार्वधिक एवम् एकल बिमाशुल्क भुक्तानी हुने बिमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेकाले प्राधिकरणको विज्ञप्ति मार्फत निर्देन दिएको छ।

कम्पनीहरू ठूलो रकमको बिमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बिमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न सकेको छैन। यही कारण बिमा अवधि नपुग्दै बिमालेख व्यतित तथा समर्पण हुनेलगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय भरपर्दो बिमा सेवा प्रवाहमा चुनौती थपिएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको जनाएको छ ।
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु