मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

गोरखाका बासिन्दा वनलसुन संकलनमा 

बिहीबार ५ असार, २०८२ nepalexplores 1487


गोरखाका बासिन्दा वनलसुन संकलनमा 

५ असार, काठमाडौं ।
गोरखाका बासिन्दा वनलसुन संकलनमा लागेका छन्। यार्सागुम्कबा संकलनको काम सकेर स्थानीय वनलसुन संकलनमा लागेका छन्। सजडीबुटी संकलनलाई प्रमुख आयस्रोत मान्दै आएका उत्तरी गोरखाका बासिन्दा यतिबेला वनलसुन संकलन गर्न तिर लागेका हुन्। 

चुमनुब्री गाउँपालिका—७ छेकम्पारका बासिन्दा यार्सागुम्बा पाइने लेकबाट वनलसुन पाइने तल्लो भेगतिर लागेका वडाध्यक्ष टासी दोर्जे लामाले जानकारी दिएका छन्। लेकको तल्लो भेग किपु, रोल्मीखर्क, बाज्योखर्क, छेस्योङबेसी तिर वनलसुन खोज्दै रहेको जनाएका छन्।

यार्सागुम्बा र वनलसुन बेचेर गरेको आम्दानीले यहाँका मानिसहरुले वर्ष भरीको घरखर्च धान्ने गरेका छन्। जडिबुडी यार्सागुम्बा गत वर्ष र यस वर्ष उत्तिकै भेटिएको स्थानीयले बताएका छन्।

चुमनुब्री—१ सामागाउँ, साम्दोको लेकमा र वडा नं. ७ छेकम्पारको लेकमा उच्च गुणस्तरीय यार्सागुम्बा पाइन्छ। त्यसभन्दा तल ल्हो, प्रोक, सिर्दिबास, उहियाको लेकमा पनि धेरथोर पाइने स्थानीयवासीले बताएका छन्। वनलसुन सबै वडाको खर्क, चरन तथा पाखापखेरामा पाइने गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु