सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

दुई लाखभन्दा बढी अफगानीले छोडे पाकिस्तान

बुधबार २२ जेष्ठ, २०८२ nepalexplores 1509


दुई लाखभन्दा बढी अफगानीले छोडे पाकिस्तान

२१ जेठ, काठमाडौं ।  
दुई लाख भन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन्। इस्लामाबादको आन्तरिक मन्त्रालयको अनुसार पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको जनाएको छ।

अफगानी नागरिकले पाकिस्तान छोड्नेको संख्या अप्रिलमा एक लाख ३५ हजारभन्दा बढी, मे महिनामा यो सङ्ख्या ६७ हजारमा झरेको थियो। भने जुन महिनाको पहिलो दुई दिनमा तीन हजार भन्दा बढी अफ्गानीलाई स्वदेश फिर्ता पठाइएको मन्त्रालयले जनाएको छ।

लगातारको गृहयुद्धबाट भागेर लाखौँ अफगानीहरू पाकिस्तानमा आई आप्रबासी शरणार्थीका रूपमा बसोबास गर्दै आएका छन्। तर सन् २०२३ मा इस्लामाबादले स्वदेश फिर्र्ती कार्यक्रम सुरु गरेदेखि दश लाखभन्दा बढी अफगानीले पाकिस्तान छाडेको जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु