सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

चितवन आएका आगन्तुक चरा बच्चा कोरल्दै

सोमबार २० जेष्ठ, २०८२ nepalexplores 1792


चितवन आएका आगन्तुक चरा बच्चा कोरल्दै

१९ जेठ, काठमाडौं ।
चितवन आएका आगन्तुक चरच बच्चा कोरल्न थालेका छन्। गर्मि छल्न आएका आगन्तुक चराले फागुन देखि जेठसम्म बच्चा कोरल्ने गर्छन्।

चराले बच्चा कोरल्ने समयमा पर्यटकलाई अवलोकनको अवसर दिइन्छ। वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष वासु विँडारीले ६० देखि ८० प्रजातिका चरा नेपाल आगमन गर्ने बताएका छन्।

आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौसममा आएको बताउँछन्। ती चराले बच्चा कोरलेर आफूसँगै असोजसम्ममा आफ्नै गन्तव्यमा लैजाने गर्दछन्। नेपालमा ९०० प्रजातिका चरा पाइन्छ।

नेपालमा विश्वका अनेकौँ ठाउँ बाट चरा बसाइँसराइ गरि आउजे गरेका छन्। जाडो मौसममा रसियाको साइबेरिया, मङ्गोलिया बाट  र गर्मीमा भारत, श्रीलङ्का, दक्षिण–पूर्वी एशियाली मुलुक र अफ्रिका बाट आउने गर्दछन्। यी चरा नदी तटीय, वन र घाँसे मैदानमा रमाउने गर्दछन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु