बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

राप्ती नदीमा घडियाल गोहीको अण्डा संकलन सुरू

सोमबार १५ बैशाख, २०८२ nepalexplores 1866


राप्ती नदीमा घडियाल गोहीको अण्डा संकलन सुरू

१५ वैशाख, काठमाडौं ।
राप्ती नदीमा घडियाल गोहीको अण्डा संकलन सुरु गर्न लागेको छ। आज देखि चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा रहेको घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको हो।

राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो। भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिएका छन्।


निकुञ्जका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको जनाएको छ। गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको जनाएको छ।

गत वर्ष २४७ वटा अण्डा संकलन गरी कोरलिएको थियो। निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारको जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरेको छ।

 कोरलिएका बच्चा हुर्काएर पुनः घडियाल गोही नारायणी, राप्ती, कर्णाली लगायतका विभिन्न नदीमा छाडिँदै आएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु