सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

भोजपुरमा लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु

मंगलवार १८ चैत्र, २०८१ nepalexplores 1555


भोजपुरमा लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु

१९ चैत, काठमाडौं
भोजपुरमा पनि लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु भएको छ। भोजपुर जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा कार्यक्रम सुरु गरिएको हो।

लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको जनाएको छ। टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथा लोपोन्मुख रेडपाण्डा भेटिने गरेको छ।

विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताएका छन्। 

रेडपाण्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान थालिएको छ। 
रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग जिल्ला तहमा अन्तरक्रिया तथा छलफलका कार्यक्रम सञ्चालन हुँदै आइरहेको बताएका छन्। 

सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भएको छ। भने रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय र सम्बन्धित सामुदायिक वनसँग सहकार्य गरिने जनाएको छ।

रेडपाण्डा संरक्षण अभियानको टोलीले गाउँपालिका–१ को सुम्लिखाको धप्पर एकराते सामुदायिक वन क्षेत्रमा रेडपाण्डा भेटेर तस्बिर खिचेको बताएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु