सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आज बिहान् शक्तिशाली भूकम्पको धक्का, सिन्धुपाल्चोकमा सामान्य क्षति 

शुक्रबार १६ फाल्गुन, २०८१ nepalexplores 1518


आज बिहान् शक्तिशाली भूकम्पको धक्का, सिन्धुपाल्चोकमा सामान्य क्षति 

१६ फागुन, काठमाडौं । 
आज बिहान् शाक्तिशाली भूकम्पको धक्का गएको छ। भूकम्पले सिन्धुपाल्चोक जिल्लामा सामान्य क्षति भएको जनाएको छ। सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२ बजेर ५१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं लगाएत पूर्वि जिल्लाहरुमा महसुस भएको थियो। सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको जनाएको छ।

प्राप्त विवरण अनुसार नमानवीय र ठूलो भौतिक क्षति केही नभएको जनाएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाएको छ।

त्यस्तै कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ किरण थापाले जनाएका छन्।
भोटेकोशी गाउँपालिका वडा नम्बर–३  स्थित दुगुनागढीमा पहिरो खसेको छ । भने अरु थप विवरण आउन बाँकी रहेको जनाएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु