बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन

बिहीबार ३ माघ, २०८१ nepalexplores 1332


आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन

३ माघ, काठमाडौं । 
आर्थिक कूटनीतिलाई उच्च प्राथमितामा राख्न परराष्ट्रमन्त्रीले विभिन्न देशमा रहेका सबै मिसन प्रमुखहरुलाई निर्देशन दिएको छन्।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको हुन्।

आज मन्त्रालय बाट भर्चुअल सम्बोधन गर्दै मन्त्री डा.राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

राणले नेपालको आर्थिक विकासका प्रयासलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ आफू रहेको देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिन सक्छ भन्नेबारे सोचेर काम गर्न मिसन प्रमुखहरूलाई सुझाव दिएको जनाएको छ।

मन्त्री डा. राणाले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवद्र्धन गर्ने कामका लागि आफू रहेका स्थानमा समय समयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरेकी छन्।

नेपालले आगामी दिनमा जलवायु परिवर्तनका कारण भोग्नसक्ने समस्यालाई ध्यानमा राखेर जलवायु न्यायका विषयलाई विश्वव्यापी रूपमा पैरवी गर्नुपर्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताका लागि पनि आ–आफ्ना ठाउँबाट लाग्न मन्त्री डा. राणाले सबैलाई निर्देशन दिएको छिन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु