सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

सेयर बजार परिसूचक नेप्से १९.९७ अंकले वृद्धि

सोमबार १७ मंसिर, २०८१ nepalexplores 1389


सेयर बजार परिसूचक नेप्से १९.९७ अंकले वृद्धि

१७ मंसिर, काठमाडौं । 
आज सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक वृद्धि भएको छ। वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको हो। 

अघिल्लो दिन ८ अर्ब ८३ करोडको सेयर बजार कारोबार भएकोमा आज १० अर्ब ५४ करोड कारोबार भएको हो। 

१२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रहेको छ। हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढ्यो।

अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६, अपर लाहोरेखोलाको ९.१९, ओरियन्टल होटलको ७.८ तथा रिभर फल्स पावरको ७.५ प्रतिशत मूल्य बढ्यो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे। भने नेपाल फाइनान्सको ८.७, गुराँस लघुवित्तको ७.७, विन नेपाल लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु