सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक

मंगलवार ११ मंसिर, २०८१ nepalexplores 1390


चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक

११ मङ्सिर, काठमाडौं । 
चिसो बढेसँगै विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढेको छ।

पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेको जनाएको छ।

कार्यालयको अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते एक सय १९ भित्रिँदा तीन सय २० र ६ गते ८० भित्रिँदा तीन सय ७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्ला बाट बाहिरिएका छन्।

यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा तीन सय तीन, ८ गते ५३ पर्यटक भित्रिँदा चार सय ८१ जना, ९ गते एक सय ३६ भित्रिँदा तीन सय तीन जना र १० गते एक सय ३२ पर्यटक भित्रिँदा दुई सय ५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ।

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको हो। लुक्ला विमानस्थलमा अहिले झण्डै एक सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन्।

निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ। भने अहिले लुक्ला विमानस्थल र्फकने र थोरै भ्रमणमा जाने पर्यटकको सङ्ख्याले भरिभराउ बनेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु