सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

अहिलेसम्मकै धेरै पर्यटक भित्रिय अन्नपूर्ण आधार शिविरमा

बिहीबार १५ कार्तिक, २०८१ nepalexplores 1460


अहिलेसम्मकै धेरै पर्यटक भित्रिय अन्नपूर्ण आधार शिविरमा

१५ कात्तिक, काठमाडौं । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्।

यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताएका छन्। दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन्।  

बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उनले बताए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ। 

दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन्। यो सिजनमा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको छन्।  

मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन्। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु