सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आज कुकुर तिहार र लक्ष्मीपूजा गरिदै

बिहीबार १५ कार्तिक, २०८१ nepalexplores 1310


आज कुकुर तिहार र लक्ष्मीपूजा गरिदै

१५ कात्तिक, काठमाडौं । 
नेपालीको दोस्रो ठूलो चाड तिहार कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको तेस्रो दिन कुकुर र लक्ष्मी पूजा गरिँदै छ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार बिहान कुकुर पूजा र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने जनाएको छ। आज बिहानै घर सफा सुग्घर गरी विशेष घरका झ्याल, ढोका, चोटा, कोठा, संघार र भ¥याङ लगायतका स्थानमा सरसफाइ गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरिन्छ। 

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी  दिइन्छ। यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु