बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

मुस्ताङ र डोल्पा सडक सञ्जाबाट जोडिँदै 

सोमबार २१ आश्विन, २०८१ nepalexplores 1510


मुस्ताङ र डोल्पा सडक सञ्जाबाट जोडिँदै 

२१ असोज,म्याग्दी । 
मुस्ताङ र डोल्पा सडक सञ्जालबाट जोडिदैं छ। 

गण्डकीको प्रदेशको मुस्ताङ जिल्ला र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको हो। हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि दुई प्रदेशको लागि यो सडक महत्त्वपूर्ण मानिएको थियो।

जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ। मुस्ताङको वारागुङ गाउँपालिकाले जनाएको छ। अझै यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ।

सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडक अन्तर्गत आर्थिक वर्ष २०७५,७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो। 

रु २२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम भएको हो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु