मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

नेपालमा उत्पादित विद्युत बंगलादेशलाई बेच्न त्रिपक्षीय सम्झौता हुँदै

बिहीबार १७ आश्विन, २०८१ nepalexplores 1363


नेपालमा उत्पादित विद्युत बंगलादेशलाई बेच्न त्रिपक्षीय सम्झौता हुँदै

१७ असोज, काठमाडौं । 
नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गर्नका लागि आज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ।

काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निर्णय गरेको हो। निर्णय अनुसार नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्नका लागि आज नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसि विद्युत व्यापार निगमबीच विद्युत बिक्री सम्झौता हुने भएको कछ।

आयोजना विकास गर्ने सम्बन्धमा विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौतामा अर्को बैठक अगाडि टुंगो लगाउने समझादारी भएको छ।

नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।

बैठकमा बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व विद्युत, उर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हविबुर रहमानले गरेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु