मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

चितवन राष्ट्रिय निकुञ्जमा वर्षातले रोकिएको जंगल सफारी सञ्चालनको तयारी

शनिबार १२ आश्विन, २०८१ nepalexplores 1261


चितवन राष्ट्रिय निकुञ्जमा वर्षातले रोकिएको जंगल सफारी सञ्चालनको तयारी

१२ असोज, काठमाडौं । 
चितवन राष्ट्रिय निकुञ्जमा वर्षातले रोकिएको जंगल सफारी सञ्चालनको तयारी भईरहेको छ। 

गत असार १६ गते देखि वर्षातका कारण रोकिएको चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो।

निकुञ्ज संरक्षणका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ। वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले मर्मत र सडक सरसफाइको  काम सकेर निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताएका छन्।

डुंगा सफारी, चरा हेर्ने (बर्ड बाचिङ्) र सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको निकुञ्जले जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु