बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

देशभर वर्षा सर्तक रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

शुक्रबार ११ आश्विन, २०८१ nepalexplores 1479


देशभर वर्षा सर्तक रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

११ असोज, काठमाडौं । 
देशभर लगातार वर्षा भइरहेकाले सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ। त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देखि आइतबार सम्म देशभर नै मौसममा बद्लि रहने जनाएको छ। गत मंगलबारदेखि सुरु भएको वर्षा देशभर फैलिँदै गएको छ।

दुई दिनअघि नै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाबाट ५६ जिल्ला उच्च जोखिममा पर्ने आँकलन सार्वजनिक गरेको थियो। केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन देशभर नै उच्च सतर्कता अपनाउन मौसम बिभागले सुझाव दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु