बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते हुने, दल दर्ता गर्न आह्वान 

बिहीबार १० आश्विन, २०८१ nepalexplores 1290


स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते हुने, दल दर्ता गर्न आह्वान 

१० असोज, काठमाडौं ।
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। 

निर्वाचन आयोगले सूचना जारी गरी गर्दै राजनीतिक दल सम्बन्धत्री नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको निवेदन दिन कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय समयभित्र दर्ता गराउन अनुरोध गरेको छ।

निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता उल्लेख गर्नुपर्ने निर्वाचन आयोगले छ।

यस्तै दलको केन्द्रीय स्तर र प्रदेश स्तरको संगठनात्मक स्वरुप, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराउनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

आर्थिक वर्ष २०८०,८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७९,८० को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन समेत आवश्यक पर्ने आयोगले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु