मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

कैलालीमा उखु बिक्री गर्न समस्या हुँदा खेती घट्दो

आईतवार २३ भाद्र, २०८१ nepalexplores 1498


कैलालीमा उखु बिक्री गर्न समस्या हुँदा खेती घट्दो

२३ भदौ, काठमाडौं ।
कैलाली जिल्लामा नगदेबालीका रुपमा खेती हुँदै आएको उखु बिक्री गर्न समस्या भएपछि खेती घट्न थालेको छ। भने उखु बारीको क्षेत्र विस्तार हुन सकेको छैन। 

उखुखेतीमा संलग्न किसानलाई बिउ, मल लगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखुखेती विस्तारमा समस्या भएको हो।उत्पादित उखुको बजार अभाव भएकाले किसानको आकर्षण घट्दै गएको हो।

विगतमा उखुखेती गर्दै आएका किसानले विस्तारै अन्य खेती गर्न थालेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। प्रदेश सरकारले जिल्लामा उखुखेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध नगराएको किसान बताउँछन्।

ज्ञान केन्द्रका अनुसार जिल्लामा २५ वर्षअघि सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेतीको क्षेत्रफल घटेर दुई सय २५ हेक्टरमा पुगेको छ। उखुखेती गर्ने किसानलाई कृषि औँजार, उपकरण, बिउ लगायत अन्य अनुदानका कार्यक्रम उपलब्ध गराउन सके किसानको आकर्षण बढ्ने किसान बताउछन्।

विसं २०५४ मा चुहामा वासुलिङ सुगर मिल सञ्चालनमा आएपछि जिल्लामा उखुखेती गर्ने किसानको सङ्ख्या बढेको थियो। सो मिल बन्द भएसँगै यहाँका किसानले क्रमशः उखुखेती गर्न छोड्दै गएका हुन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु