मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

भारतद्वारा मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

शनिबार २२ भाद्र, २०८१ nepalexplores 1481


भारतद्वारा मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

२२ भदौ, ओडिशा ।
भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको रक्षा मन्त्रालयको अनुसार जनाएको छ। 

अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो। रक्षा मन्त्रालयको बयानका अनुसार यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ।  

भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १ हजार देखि २ हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको परमाणु सक्षम अग्नि प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो।

अहिले अग्नि–४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ किनभने यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको हिस्सा हो। अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु