मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

तिज सुरु, आज दर खाने दिन

बिहीबार २० भाद्र, २०८१ nepalexplores 1470


तिज सुरु, आज दर खाने दिन

२० भदौ, काठमाडौँ ।
नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका (तीज) आज व्रतको तयारीस्वरुप दर खाने गरिन्छ।

विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका तिजको पहिलो दिन आज दर खाने गरिन्छ। दरखाने दिनसँगै चार दिने तिजपर्व आज देखि सुरु हुँदैछ। चेलीबेटीलाई माइतीले बोलाई दर खुवाउने परम्परा छ।

दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार बनाएर खाइन्छ। जसले गर्दा व्रतका दिन आडिलो बनाओस् र तिजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाइ भोलिपल्टको व्रतका लागि पूर्व तयारी गर्छन्।

विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु