सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

राष्ट्र बैंकले ४० अर्ब बैंकहरूबाट तान्दै

बुधबार १२ भाद्र, २०८१ nepalexplores 1481


राष्ट्र बैंकले ४० अर्ब बैंकहरूबाट तान्दै

१२ भदौ, काठमाडौं । 
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ।

२१ दिनको लागि निक्षेप संकलन विधिबाट राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ उठाउन लागेको हो।

राष्ट्र बैंकले यस अघि गत भदौ २ गते पनि निक्षेप संकलनमार्फत ४० अर्ब रूपैयाँ उठाउन आह्वान गरेकोमा बैंकहरूले २३ अर्ब ६० करोड राखेका थिए। औसत २.८८ प्रतिशत ब्याजमा बैंकहरूले यो रकम राखेका हुन्।

भदौ ११ सम्ममा राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत पटक–पटक गरेर ५१ खर्ब ६ अर्ब रूपैयाँ उठाएको छ। यसमध्ये एक खर्ब ७४ अर्ब रूपैयाँ बैंकिङ प्रणालीमा फिर्ता हुन बाँकी छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु