मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज बाट देशभरी मनसुन सक्रिय, सचेत रहन महाशाखाको आग्रह

बुधबार १३ असार, २०८१ nepalexplores 1493


आज बाट देशभरी मनसुन सक्रिय, सचेत रहन महाशाखाको आग्रह

१२ असार, काठमाडौं ।
विगत केहि दिनको तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन्। मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएकाले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ भने कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसमविदका अनुसार दिउँसोको तुलनामा रातिमा बढी वर्षा हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नियमित बुलेटिनमा सबै प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्मै वर्षाको सम्भावना रहेको जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु