बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

नेपाल भ्रमणमा आउदै कतारका अमिर शेख तमिम 

आईतवार ९ बैशाख, २०८१ nepalexplores 1398


नेपाल भ्रमणमा आउदै कतारका अमिर शेख तमिम 

९ वैशाख, काठमाडौं ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिन नेपाल भ्रमणमा आउने भएका छन्।

अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ। उनको सम्मानका लागि राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन्।

भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ। वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

थानी २४ अप्रिलमै काठमाडौं बाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु