बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

आज हिन्दु धर्मावलम्बीहरुले रामनवमी मनाउँदै

बुधबार ५ बैशाख, २०८१ nepalexplores 1508


आज हिन्दु धर्मावलम्बीहरुले रामनवमी मनाउँदै

५ वैशाख, काठमाडौँ । 
आज हिन्दु धर्मावलम्बीहरुले देश विदेशमा रामनवमी पर्व मनाइँदै छन् ।  हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ। श्रद्धापूर्वक भत्तजनहरुले रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्।

त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ।

संस्कृतिविद्का अनुसार रामचन्द्र भगवानको जन्मदिन भएकाले यो पर्व हिन्दु धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो। 

“मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ” नदि, ताल, कुण्डमा “पूजापाठ, स्नान गरेर पून्य आर्जन गर्ने चलन रहेको छ।”
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु