बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

क्यानडाले अस्थायी बासिन्दाको लागि सीमा तोक्दै 

मंगलवार २७ चैत्र, २०८० nepalexplores 1444


क्यानडाले अस्थायी बासिन्दाको लागि सीमा तोक्दै 

२७ चैत, काठमाडौं । 
क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ। आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन्।

 

मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ। यस अघि आवासको संकट बढ्दै गएका कारण आप्रवासीहरूको सङ्ख्या घटाउनुपर्ने निष्कर्षमा सरकार पुगेको मन्त्रालयले बताएको थियो। क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्यामा सीमा तोक्ने छ।

 

कुल जनसङ्ख्यामा हाल अस्थायी बासिन्दाको सङ्ख्या ६.२ प्रतिशत रहेकोमा त्यसलाई ५ प्रतिशतमा सीमित गर्ने बताएका छन्। भने अस्थायी बासिन्दाहरूको दीर्घकालीन हित सुरक्षाका लागि सरकारले यो नीति लिन लागेको मिलरले स्पष्ट पारेका छन्।

 


हालैका वर्षहरूमा क्यानाडामा अस्थायी बासिन्दाहरूको सङ्ख्या ह्वात्तै बढेको छ। सन् २०२४ को मार्चसम्म क्यानडामा अस्थायी बासिन्दाहरूको सङ्ख्या २५ लाख रहेको छ । यो सङ्ख्या सन् २०२१ को तुलनामा १० लाखले बढी हो।

 

सरकारले आवास व्यवस्थापनमा दबाब बढेपछि आप्रवासी सङ्ख्यामा सीमा घटाउन खोजेको हो। क्यानडामा घरजग्गा खरिद निकै महँगो हुँदै गएको छ। त्यसका लागि औसतमा ७ लाख क्यानेडियन डलर खर्च हुने र विगत दुई वर्षमा त्यहाँको भाडादरमा करिब २२ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांक छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु