बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

नेपाल वायु निगमका १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

बिहीबार २२ चैत्र, २०८० nepalexplores 1574


नेपाल वायु निगमका १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

२२ चैत, काठमाडौँ ।
नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झन्डै डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पु¥याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि अनुसन्धान सक्काएर विशेष अदालतमा छुट्टाछुट्टै मागदावी लिएर मुद्दा दर्ता गरेको हो। 


उनीहरू विमानको प्राविधिक स्पेसिफिकेशन र त्यसलाई मापन गर्ने स्पष्ट मापदण्ड नखुलाई सार्वजनिक खरिद ऐन, २०६३ विरुद्ध गएर वाइडबडी ल्याउने अमेरिकन कम्पनी अमेरिकाको एएआर इन्टरनेसनल, जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनीलाई भुक्तानी दिन संलग्न रहेको अभियोग आयोगको छ। 

 

आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा कर्मचारीहरूले खरिद सम्झौता गर्दा कागजात तयार पार्ने देखि भुक्तानी दिँदासम्म ऐन नियम मिचेको आरोप आयोगको छ। त्यस्तै उनीहरुले सार्वजनिक खरिद कानुन बमोजिम गैर–उत्तरदायी प्रस्तावलाई स्वीकृतिको लागि सिफारिस सहितको गलत लिखत पेश गरेर निगमलाई एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा हानी नोक्सानी पु¥याएको अभियोग आयोगको छ।

 

आयोगका अनुसार भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव शिशिरकुमार ढुङ्गाना, मन्त्रालयकै बहालावाल सहसचिव एवम् नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धि सागर लामिछाने लगायत १७ जना राष्ट्र सेवक कर्मचारीको संलग्नता देखिन्छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु