सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

६ प्रतिशत बढ्यो नेप्से सेयर कारोबार स्थगित

सोमबार २१ फाल्गुन, २०८० nepalexplores 1429


६ प्रतिशत बढ्यो नेप्से सेयर कारोबार स्थगित

२१ फागुन, काठमाडौं ।
सेयर बजारमा सोमबार ३ पटक पोजेटिभस सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। 

 

२० मिनेटपछि खुलेको कारोबारमा ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो। पुनः १२ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो। 

 

थोरै समय कारोबार भएकाले दिनभर जम्मा ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भयो। २३० कम्पनीको मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घट्यो। बैंकिङ ५.९, विकास बैंक ६.४, फाइनान्स ६.१, होटल तथा पर्यटन ५.५, हाइड्रोपावर ७.८, लगानी ६.४, जीवन बीमा ६.३, उत्पादन ५.१, माइक्रोफाइनान्स ३.०, निर्जीवन बीमा ४.३, अन्य ६.७ र ब्यापार समूह ३.६ प्रतिशत बढे। समग्रमा सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु