मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

काठमाडौं महानगरभित्र रहेका सम्पदाबारे क्यूआरबाट जानकारी लिन सकिने

बिहीबार १७ फाल्गुन, २०८० nepalexplores 1394


काठमाडौं महानगरभित्र रहेका सम्पदाबारे क्यूआरबाट जानकारी लिन सकिने

१७ फागुन, काठमाडौं । 
काठमाडौं महानगरपालिका भित्र रहेका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदाबारे जानकारी अब देखि क्यूआर कोड मार्फत नै  पाउन सकिने भएको छ।

महानगरले धार्मिक र संस्कृतिक महत्व बोकेको सम्पदाबारे स्मारक घुम्न आउने आगन्तुकहरुले प्रविधिको प्रयोगमार्फत नै नन्दिकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ। अहिले प्रबिधिको युग भएकाले पर्यटकहरुले प्रविधिको प्रयोगमार्फत नै सम्पदाबारे जानकारी पाउन सहज होस् भन्ने उदेश्यले क्यूआर सेवाको थालनी गरिएको वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले बताए।

जुन प्रबिधिमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरेबिक गरी १० भाषामा क्यूआर कोडको प्रयोग गरी अडियो मार्फत सम्पदाबारे जानकारी लिन सकिने महानगरले जनाएको छ। अधिकंस ‘घुम्न आउने पर्यटकहरुले स्मार्ट फोन बोकेको हुन्छन्। क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, जात्रा पर्व, सामाजिक, धार्मिक संस्कार, परम्परागत चिनारी लगायत विविध विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने चाहना अनुरुप यो काम भयको जानकारी गराए। 

‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरु विभिन्न मन्दिर, ढुङ्गेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउँछन्। उनीहरुलाई जानकारी लिन सजिलो होस् भनेर यो व्यवस्था गरेको महानगरले बताएको छ। वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु