बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

नेपाल विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड 

बुधबार १६ फाल्गुन, २०८० nepalexplores 1336


नेपाल विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड 

१६ फागुन, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०,८१ को ६ महिना अवधिमा १५ अर्ब ३६ करोड रुपैयाँ कर कटौती बिनाको खुद नाफा कमाएको छ। नाफा गत आर्थिक वर्षको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७९,८० को अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो भने गत आर्थिक वर्ष भरिको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

 

प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक बर्ष ६ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानी बाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको छ । आम्दानी बाट विद्युत् खरिद, प्रशासनिक लगायत खर्च ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए।

 

‘बजेट सीमितताका कारण सरकार बाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने। विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०,१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्ने र नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र नपुग्ने उनले बताए।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु