मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

पशुपति क्षेत्रका अवैध संरचना तत्काल हटाउन मन्त्री किराँतीले दिए निर्देशन

मंगलवार १६ माघ, २०८० nepalexplores 1317


पशुपति क्षेत्रका अवैध संरचना तत्काल हटाउन मन्त्री किराँतीले दिए निर्देशन

१६ माघ २०८०,काठमाण्डौ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिएका हुन्।

यसैबीच, बोर्डले तत्काल कानुनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निर्णय गरेको छ। कोषको काठमाडौँ महानगरपालिका–८ गाँचा पोखरीस्थित जग्गा तथा वडा नं ३ भगवानस्थानमा बनाइएका घर र अन्य संरचना हटाउने निर्णय गरेको हो। सिफलस्थित लामपोखरीको जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा भएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु